शनिबार, अशोज ६, २०८०

सत्ताधारीदलको प्रस्ताव स्विकार गर्न सकिँदैन :मोर्चा

काठमाडौँ मङ्सिर १, एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले नेपाली काँग्रेस र नेकपा९एमाले०लगायत दलले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा प्रस्तुत गरेको प्रस्ताव स्वीकार गर्न नसकिने जनाएको छ ।  आज एमाओवादीको संसदीय दलको कार्यालयमा बसेको बैठकले morcha-meeting-1सत्तरुढदलले सहमतिको भावनाविपरीत प्रस्ताव ल्याइएको निष्कर्ष निकाल्दै विगतका सहमति र सम्झौताका आधारमा प्रस्तुत हुन सत्ताधारीदल काँग्रेस र एमालेलाइ आग्रह गरेको छ ।

तर सत्ताधारीदल भने संवाद समितिके बैठकमा आफूहरूले प्रस्तुत गरेको प्रस्ताव फिर्ता नलिने अडानमा अडिग रहदै आफुहरुको प्रस्ताव उपर छलफल होस वा जस्ताको त्यस्तै र्सव स्विकार्य छलफलको प्रारुपमा विधानसभामा पठाइयोस भन्ने पक्षमा रहेका छन ।

२२ दलीय मोर्चाको बैठकपछि सञ्चारकर्मीसङग कुरा गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारमा रहेका दलहरूले प्रस्तुत गरेको प्रस्ताव फिर्ता लिएर सहमतिका लागि तयार भए आफूहरू लचकताका साथ प्रस्तुत हुने बताउँदै विगतमा दलबीच भएको बाह्रबुँदे सहमति, अन्तरिम संविधान २०६३, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षसँग भएको सम्झौतालाई केन्द्रमा राखेर अगाडि बढ्न सबै पक्ष तयार हुनुपर्नेमा जोड दिनुभएको छ । त्यसैगरी तराईमधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले संवाद समितिमा प्रस्तुत प्रस्तावले सङ्घीयताको मर्मलाई आत्मसात् गर्न नसकेको भन्दै त्यसलाई स्विकार्न नसकिने बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31