शुक्रबार, बैशाख १४, २०८१

गृहमन्त्री गौतमको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै राप्रपा नेपालले गरे संसद् अवरुद्ध

काठमाडौ कात्तिक १४, व्यवस्थापिका–संसद्को आजको बैठकमा रत्नपार्कस्थित शान्तिवाटिकामा अनशनरत धर्मगुरुलाई हटाउएको प्रसङमा राप्रपा नेपालले उठाएको प्रश्नको 40643ecdfcf3ac8836355f8c6ee20e1bजवाफ दिदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले साक्षत महादेव जसरी बञ्चरो र कुखुरी बोकेर जुलुसमा सहभागी भएकाले उनीहरुलाई पक्राउ गरिएको भन्ने अभिव्यक्ति दिएपछि राप्रपा नेपालका सभासदहरुले गहमन्त्री गौत्मको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै संसद अवरुद्ध गरेपछि आधा घन्टाका लागि सदनको कारवाही स्थगन गरिएको छ ।
राप्रपा नेपालका अध्यक्ष समेत रहेका सभासद कमल थापाले हिन्दू राष्ट्र नेपालको स्थापनार्थ अनशनमा रहेका स्वामी श्रीनिवासलगायतका धर्मगुरुमाथि प्रहरीले लाठीप्रहार गरेको, अनशनका लागि तयार पारिएको संरचना भत्काएको, धार्मिक ग्रन्थ गीतालगायतका पुस्तक नष्ट गरेकाले यसलाई स्वीकार गर्न नसकिने भन्दै शान्तिपूर्ण धर्नामा बस्ने नागरिकमाथि धरपकड नगर्ने, बहुसङ्ख्यक जनताको अधिकारमा हस्तक्षेप नगर्ने र धार्मिक ग्रन्थ नष्ट नगर्ने सुनिश्चितता सरकारबाट नभएसम्म सदन अवरुद्ध गर्ने चेतावनी दिएका थिए ।

त्यस अघि सभामुख सुवास नेम्बाङले अवरोध गरिरहनुभएका सभासदहरुलाइ आसन ग्रहण गर्न र गृहमन्त्री गौतमले बोलिसकेपछि चित्त नबुझे त्यस विषयमा नियमापत्ति गर्न बारम्बार आग्रह गर्नुभए पनि नमान्नु भएकाले बैठक स्थगित भएको घोषणा गर्नु भएको हो ।