शुक्रबार, बैशाख ७, २०८१

ललितपुर मालपोतका तत्कालीन प्रमुख बखती सहित ७ कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

 akither-ko-logo1काठमाडौं कात्तिक १४,  मालपोत कार्यालय ललितपुरका कर्मचारीले ललितपुर उप महानगरपालिका—३ (ङ) अन्तर्गतको कित्ता नम्बर ८८२ को १३ आना ३ दाम क्षेत्रफलको सरकारी जग्गा वितरण गर्ने अधिकार नै नभएको तत्कालीन नगर पञ्चायतको सभा घर बनाउनको लागि उपलब्ध गराइ भ्रस्ट्राचार गरेको ठहर गर्दै अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले यसरी भ्रष्ट्राचारी ठहर गर्दै   मुद्दा दायर गरेकाहरुमा   क्रमस  ललितपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत हरि बखती, उपसचिव पद्मनीधि सोती, नायब सुब्बा रामप्रसाद भुषाल, नायब सुब्बा बिमल ढकाल, नायब सुब्बा कृष्णकुमार केसी, नायब सुब्बा सूर्यप्रसाद कोइराला र तत्कालीन नापि कार्यालय ललितपुरका नापी अधिकृत भरत सिं ऐर रहेका छन् । सातै जनाउपर जम्मा बिगो ६६ लाख रुपैयाँ माग गर्दै शुक्रबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकोजनाउँदै  आज जारी विज्ञप्तिमा निजहरुङग   जम्मा बिगो ६६ लाख रुपैयाँ कायम गरी व्यवस्थित कैदजरिवाना र बिगो असुलीको माग अख्तियारले गरेको छ ।

यसैवीच अख्तियार नेपाल बाल सङगठनका तत्कालीन शाखा प्रमुख (अधिकृत तृतीय) रबिन श्रेष्ठले सेवा प्रवेश प्रयोजनको लागी पेश गरेको बिहार इन्टरमिडियट एजुकेशन काउन्सिल, पटना भारत अन्तरगतबाट सन् १९९५ मा इन्टरमिडियट तह (आईएस्सी) उत्तिर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवं झुट्ठा देखिन आएकोले निज उपर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930