शनिबार, फाल्गुन १९, २०८०

संविधानका विवादित प्रसङगमा सत्ताधारीदल काँग्रेस र एमाले एकमत हुँदै

काठमाडौ कात्तिक १३, संविधानका मुख्य विवादित विषयहरु प्रदेशको सङ्ख्या, शासकीय स्वरुपलगायतका विषयमा सहमति कायम गर्न सत्ताधारीदल नेपाली काँग्रेस र 11103नेकपा एमालेवीच प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि विशेष छलफल भएको छ।

समाचारस्रोतका अनुसार बुधवार साँझ र आज भएको छलफल पछि यि दुई दलबीच धेरै कुरा मिलेको र निर्धारित माघ ८ गतेभित्र संविधान निर्माणको तालिका परिवर्तन नगर्ने कुरामा दुवै दल एकमत रहेको बताउँदै आजै एमाओवादी सहित बस्ने तीन दलको बैठकमा साझा धारणा निर्माण गर्दै सहमति कायम गरिने तयारी भइरहेको थाहा भएको छ ।