शनिबार, बैशाख १५, २०८१

सहमति जुटाउन तीन दल गोकर्ण रिसोर्टमा

काठमाडौ असोज ३०,  संविधानका विवादित विषयमा प्रमुख तीन दलका शीर्ष नेता गम्भीर छलफलमा जुृट्नुभएको छ । प्रमुख दलबीच द्विपक्षीय एवम् त्रिपक्षीय छलफल भए पनि सहमति हुन नसकेपछि राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईको विशेष पहलमा   नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा तीनदलको झण्डार महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल तथा ए   माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र डा भट्टराई लगायतका नेताहरु आज  रातभर बैठकु गरी सहमति जुटाउने भन्दै आजै साँझै गोकर्ण रिसोर्ट पुगेका हुन् ।

संविधानसभाको बैठकले सो समितिलाई आजसम्म संविधानका अन्तर्वस्तुमा सहमति गर्न र सहमति हुन नसकेका विषयमा प्रश्नावली बनाएर संविधानसभामा प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल तथा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र डा भट्टराई छलफलमा हुनुहुन्छ । सङ्घीयता, शासकीय स्वरूप तथा निर्वाचन र न्याय प्रणालीका विषयमा दलबीच सहमति नजुट्दा संविधान लेखन अगाडि बढ्न सकेको छैन ।