शुक्रबार, बैशाख १४, २०८१

राप्रपा नेपालले अनसनकारी माथिको हस्तक्षेप विरुद्ध सदन तताउँने

काठमाडौ कात्तिक १३, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बुुधवार बसेको बैठकले नेपाललाई हिन्दु राष्ट्रको पहिचान बनाउन ऐक्यबद्धता जनाउन सम्पूर्ण सङ्घ संस्था तथा आम नागरिकलाई आग्रह गरेको छ ।

पार्टीका अध्यक्ष कमल थापाको सभापतित्वमा बसेको सो बैठकले नेपाललाई हिन्दुराष्ट्र कायम गराउने माग राखी गत वैशाख ८ गतेदेखि रत्नपार्कको शान्तिवाटीमा रिले अनसन बस्दै आएका नागरिक माथि मङ्गलबार भएको हस्तक्षेपविरुद्ध पार्टीले सडक र सदनमा सशक्त सङ्घर्ष गर्ने निर्णय गरेको  बुझिएको छ।  त्यसैगरी बैठकले सो घटनामा पक्राउ परेकालाई तुरुन्त रिहा तथा घाइतेको उपचार गर्न माग गरेको गरेको छ ।