शुक्रबार, बैशाख ७, २०८१

भक्तपुरका दुइ दर्जन विद्यालयको अनुमति रद्ध

भक्तपुर कात्तिक ९, जिल्ला शिक्षा कार्यालय भक्तपुरले भक्तपुर जिल्लामा विना अनुमति सञ्चालन रहेका र अनुमति लिएर सञ्चालनमा नआएका करिव दुइ दर्जन भन्दा download (2)बढी निजी विद्यालय खारेज गरेको छ ।  शिक्षा कार्यालयले जिल्लाको गाविस नगर र मध्यपुर थिमी नगरपालिका क्ष्ेत्रमा रहेका निम्नानुसरको क्रमस नगरपालिकाभित्र रहेका पारा माउन्ट इङ्लिस स्कुल, भक्तपुर बाराहीस्थानको बिहानी मावि , भक्तपुर खौमास्थित नवरात्रि मावि खौमा, भक्तपुर हनुमानघाटस्थित ह्यापीहोम इङ्लिस स्कुल, भक्तपुर कमलविनायकस्थित एकता इङ्लिस स्कुल, भक्तपुर जगातीस्थित रेडियन्स इङ्लिस स्कुल, भक्तपुर कमलविनायक नेसनल जेम्स इङ्लिस स्कुल, भक्तपुर इनाचोस्थित सेन्टमेरी इङ्लिस स्कुल र इनाचोकै युरेका इङ्लिस स्कुल खारेज गरिएको जनाएको छ भने गविस तर्फ स्थित इडन मेरी इङ्लिस स्कुल, छालिङ पिखेलस्थित शारदासदन इङ्लिस स्कुल, माउन्ट हर्मन इङ्लिस स्कुल, वसन्त बाटिका इङ्लिस स्कुल, जागृति विद्या सदन, कटुञ्जे इङ्लिस स्कुल, ज्यातिज्ञान मन्दिर इङ्लिस स्कुल, भक्तपुर एजुकेसन इङ्लिस स्कुल, क्रिष्टल इङ्लिस स्कुल, फ्युचर स्टार इङ्लिस स्कुल र जिनियस इङ्लिस मेडियम स्कुल खारेज गरेका छन ।

त्यसैगरी, मध्यपुरथिमि नगरपालिकाभित्रका न्यू होराइजन इङ्लिस स्कुल, प्रोक्सिमा इङ्लिस स्कुल, दिव्यश्वरी ब्राइट फ्युचर इङ्लिस स्कुल, एसेन्स इङ्लिस स्कुल, पल्पसा शिक्षा सदन, भक्तपुर मोडेल इङ्लिस स्कुल, क्रियाशील शिक्षणात्मक इङ्लिस स्कुल, थिमिको सिद्धार्थ मेमोरियल इङ्लिस स्कुल र थिमिकै मानसरोवर इङ्लिस स्कुल खारेजीमा परेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930