बिहिबार, बैशाख १३, २०८१

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत निरौला निलम्बित

काठमाडौँ कात्तिक १३ ,सरकारले नेपाल पर्यटन बोर्डका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई निलम्बन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक 71162_subash-niraula copyउड्डयन मन्त्रालयका सचिव एवम् बोर्डका अध्यक्ष सुरेशमान श्रेष्ठको अध्यक्षतामा बोर्ड सञ्चालक समितिको आजको बसेको बैठकले सार्वजनिक लेखा समितिले निरौलालाई निलम्बन गर्न दिएको निर्देशन अनुरुप नेपाल पर्यटन बोर्ड ऐन २०५३ र नियमावली २०५५ बमोजिम निर्देशकसमेत नरहने गरी निरौलालाई निलम्बन गरेको हो ।

त्यस्तै बैठकले अर्को व्यवस्था नभएसम्म बोर्डको निमित्त प्रमुख कार्यकारी अधिकृत भई कार्य सञ्चालन गर्न बोर्डकै अधिकृत नन्दिनी थापालाई जिम्मेवारी दिइएको छ ।।