शुक्रबार, बैशाख १४, २०८१

प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुङ्गियो

काठमाडौ असोज १२, यो वा त्यो वहानामा पटक पटक अवरुद्ध हुदै आएको व्यवस्थापिका संसद् खुलाउने विषयलाइ सम्बोधन गर्न सिंहदरबारमा आज बसेको प्रमुख तीन 3-dall-ko-logoदल नेपाली काँग्रेस, नेकपा (एमाले) र एमाओवादीका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्र गठन र त्यसको नेतृत्व तथा द्वन्द्वकालमा मारिएका र बेपत्ता भएकाहरूको परिवारलाई राहत दिने विषयमा कुरा नमिलेपछि बैठक बिनानिष्कर्ष टुङ्गिएको  बुझिएको  छ ।

बैठकमा सहभागी काँग्रेसका कावा सभापति रामचन्द्र पौडेले आजको बैठकमा अवरुद्ध संसद् खुलाउने र निर्धारित मितिमा संविधान जारी गर्ने विषयमा गम्भीर छलफल भयो तर एकाध विषयमा कुरा मिल्न नसक्दा बैठक बिनानिष्कर्ष टुङ्गिएको जानकारी सहित संविधानका विवादित विषयमा आगामी मङलवार सम्ममा सहमति खोजिने र सहमति नभए असोज २१ गते बस्ने संविधानसभाको बैठकमा विवादित विषय क्रमस राज्यको पुनःसंरचना तथा राज्यको शासकीय स्वरुप लगायतका वियषय प्रस्तावका रुपमा पेस गरिने जानकारी दिनु भएको थियो ।