बुधबार, बैशाख २६, २०८१

नेकपा–माओवादीसहित विभिन्न राजनीतिक दल पिडिए र पिटिए सम्झौताको विरोधमा आन्दोलित

काठमाडौ भाद्र २६, नेकपा–माओवादीसहित विभिन्न राजनीतिक दलले सरकारले भारतसँग गर्न लागेको विद्युत् व्यापार सम्झौता (पिटिए) र dave guringमाथिल्लो कर्णाली परियोजनामा विद्युत् विकास सम्झौता (पिडिए) को तयारीको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । माओवादी पार्टी कार्यालय बुद्धनगरमा बसेको दलहरुको संयुक्त बैठकले भारतसँग गर्न लागिएको सम्झौता राष्ट्रिय हित विपरीत भएको ठहर गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको माओवादी सचिव देव गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घोषित कार्यक्रम अनुसार असोज ३ गते २४० वटै निर्वाचन क्षेत्रमा ऊर्जा व्यापार सम्झौताको विरोधमा विरोध प्रदर्शनसहित ९पिटिए०सम्झौता जलाउने लगायतका कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।