बिहिबार, बैशाख ६, २०८१

सर्वदलीय राजनीतिक सभाको लागि भाद्र ३१ को मिति जुर्रयो

काठमाडौ भाद्र २७, नेकपा–माओवादीले माग गर्दै आएको सर्वदलीय राजनीतिक सभा यही भाद्र३१ गते हुने भएको छ । सरकारले सविधानसभा बाहिर रहेका नेकपामाओवादीसहितका दलहरूलाई संविधान निर्माणको प्रकृयामा सहभागी गराउन भाद्र ३१ गते सर्वदलिय राजनीतिक सम्मेलन 3 dall ko logoआयोजना गर्ने भएको छ । मुलकका प्रमुख तीन दल र नेकपामाओवादी सम्मिलित कार्यदलको आज बसेको बैठकले प्रस्तुत सम्मेलनको मिति तय गरेको हो ।

यस अघि यसअघि प्रमुख तीन दल र माओवादीको बैठकमा सभाको मितिको विषयमा कुरा मिल्न नसक्दा बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो । त्यस पछि सम्मेलननको मिति तय गर्न र सहमति जुटाउँन कार्यदललाइ दिएको जिम्मेवारी अनुरुप सहमति जुटेपछि सरकारले सर्वदलीय राष्ट्रिय सम्मेलन बोलाएको हो ।

सम्मेलनको अध्यक्षतामा प्रधानमन्त्री सुशील कोइरालाले गर्ने सहमति सहित प्रमुख तीन दल र माओवादी सम्मिलित चार दलीय कार्यदलको बैठकले भदौ ३१ गते बिहान ९ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा बैठक बस्ने निर्णय गरेको कार्यदलका सदस्य माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिदै सभाको प्रारुप र कार्यविधि भने शनिवार बस्ने कार्यदलको बैठकले निर्णय गर्ने बताउँनु भएको छ ।