शनिबार, बैशाख १५, २०८१

प्रधानमन्त्री कोइरालाको स्वास्थ्य अवस्था राम्रो हुँदै,आगामी साता स्वदेश फर्कने तयारी

काठमाडौं आषाढ२५, प्रधानमन्त्री सुशील कोइरालाले आज पाँचाँै पटकको रेडियोथेपारी लिँदै हुनुहुन्छ । प्रधानमन्त्री कोइरालाले चौँथोपटक रेडियोथेपारी मङ्गलबार लिनुभएको उहाँका निजी चिकित्सक डा करवीरनाथ योगीले जानकारी दिनुभएको छ । प्रधानमन्त्री कोइरालाको अमेरिकाको priminiisterन्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार भइराखेको छ । चिकित्सक योगीले प्रधानमन्त्री कोइरालाको उपचारमा संलग्न चिकित्सकले पाँचौँ पटकसम्म रेडियोथेरापी लिनुपर्ने सुझाव दिएको जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा आज जारी विज्ञप्तिमा प्रधानमन्त्री कोइरालाको स्वास्थ्य अवस्था राम्रो रहेको डा योगीले जानकारी दिनुभएको उल्लेख गरिएको छ । पाँचाँै पटकको रेडियोथेपारी सम्पन्न भएपछि प्रधानमन्त्री कोइरालाको उपचारमा संलग्न चिकित्सकले स्वास्थ्य अवस्थाको पुनरावलोकन गर्नुहुने विज्ञप्तिमा जनाइएको छ ।

यसैवीच प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचार गराएर आगामी साता स्वदेश फर्कने हुनुभएको छ । प्रधानमन्त्रीका निजी चिकित्सक कविरनाथ योगीका अनुसार आगामी एकसाताभित्र प्रधानमन्त्री कोइराला स्वास्थ्य लाभगरी स्वदेश फर्कने तयारी भइरहेको बताउनु भएको छ