बुधबार, बैशाख ५, २०८१

आर्थिक वर्ष २०७१/७२ को नीति तथा कार्यक्रम बहुमतबाट पारित

काठमाडौं आषाढ १८, सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७१/७२ को नीति तथा कार्यक्रम व्यवस्थापिका–संसदको आजको दोस्रो dd8009e0ed9669183aa8f3b1141963d9बैठकले बहुमतले पारित गरेकोछ । गत अईतावार राष्ट्रपति डा। रामवरण यादवले उक्त नीति तथा कार्यक्रम व्यवस्थापिका–संसदमा प्रस्तुत गर्नुभएको थियो भने हिजो र आज त्यसमाथि छलफल भएको थियो । नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी एनेकपा माओवादी सहित नौ दलका १३ जना सांसदले ९५ वटा बुँदामा विषयगत संशोधन प्रस्ताव दर्ता गर्नुभएको थियो ।

यसअघि काबा प्रम प्रधानमन्त्री वामदेव गौतमले छलफलमा सभासदहरुद्दारा उठान गरिएका प्रश्नको जवाफ दिँदैसरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव गर्नुभएका सांसद्हरूलाई त्यो फिर्ता लिन र सदन उपस्थित सबैलाई नीति तथा कार्यक्रम पारित गर्न आग्रह गर्दै छलफलका क्रममा नीति तथा कार्यक्रमप्रति सांसदहरूले व्यक्त गर्नुभएका विचार, दिनुभएका सुझाव नीतिगत तथा कार्यगत रुपमा सरकारले पेस गरेका कार्यक्रमकै सेरोफेरोमा रहेकाले तिनलाई समेटेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिने प्रतिवद्धता व्यक्त गनु भएको थियो ।

त्यसपछि धन्यवादको प्रस्तावमा राष्ट्रपतिको सम्बोधनमा उल्लिखित आव २०७१/७२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनका प्रस्तावहरूलाई सभामुख सुवास नेम्वाङले बेग्लाबेग्लै निर्णयार्थ प्रस्तुत गर्दा उक्त प्रस्ताव बहुमतबाट अस्वीकृत भएका थिए । व्यवस्थापिका–संसद्को अर्को बैठक यही असार २६ गते बिहीबार १: ०० बजे बस्नेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु