शनिबार, बैशाख १५, २०८१

परराष्ट्र मन्त्रीद्दारा नेपाल–भारत बैठकको प्रगति सहित भारतीय प्रमको भ्रमण तालिका संसद्को बैठकमा प्रस्तुत

काठमाडौं श्रावण १४, व्यवस्थापिका–संसद्को आजको बैठकमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएका सहमति तथा भारतीय get_imgप्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न् भ्रमणका सम्बन्धमा संदिमा जानकारी प्रस्तुत गर्नु भएको छ । यस अघि सभासद्हरुले आयोगको बैठकबारे जानकारी माग गरेपछि सभामुख सुवास नेम्वाङले त्यसबारे संसद्लाई जानकारी गराउन ‘रुलिङ’ गर्नुभएको थियो ।

नेपाल–भारत संयुक्त आयोगको बैठकका विषयमा जानकारी दिदै मन्त्री पाण्डेले श्रावण १० गते भएको आयोगको बैठक २३ वर्षपछि भारतका विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणका क्रममा काठमाडौँमा हुनु दुई देशको सम्बन्ध र सहयोग विस्तारका लागि दिशानिर्देश भएको धारणा सहित बैठकमा राजनीतिक सुरक्षा र सीमा तथा सन् १९५० को नेपाल–भारत शान्ति र तथा मैत्री सन्धिको पुनरावलोकलनका लागि दुई देशका सचिवस्तरमा छलफल गरी सिफारिस गर्नेलगायतका सहमति भएको बतउँनु भएको थियो ।

त्यस्तै बैठकमा उहाँले दुई देशबीचको सम्बन्ध प्रगाढ बढाउने, ऊर्जा र जलस्रोतमा थप सम्झौता गर्नेजस्ता सहमति हुनु उपलब्धिमूलक भएको भन्दै काठमाडौँ–तराई द्रूतमार्गमा निजी क्षेत्रको घाटापूर्तिका लागि सहयोग, पूर्व–पश्चिम राजमार्ग, महाकाली नदीमा मोटरयोग्य पुल निर्माण लगायतका विषयमा सहयोग तथा सहजीकरण गर्न भारतीय पक्ष सहमत भएको संसद समक्ष जानकारी दिनु भएको थियो ।

साथै मुलुकमा १७ वर्षपछि भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमण हुनु गइरहेको बताउँदै भारतीय प्रधानमन्त्रीको यो भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउने, नेपाल र भारतबीचको उच्च राजनीतिक महत्व र सम्पर्क विस्तार हुने भएको भ्रमण आफैमा उपलब्धिमुलक रहने जानकारी दिनु भएको थियो ।  यसवीचमा भारतीय प्रधानमन्त्री मोदिले संसदमा विशेष सम्बोधन गर्ने र पशुपति दर्शन गर्ने कार्यक्रम पनि रहेको जानकारी दिनु भएको छ ।