बिहिबार, बैशाख १३, २०८१

प्रधानमन्त्री कोइरालाद्दारा सर्वदलीय छलफल

 काठमाडौँ श्रावण १५, प्रधानमन्त्री सुशील कोइरालाले श्रावण १८ गतेबाट हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्व तयारी स्वरुप आज संविधानसभामा Sushil-Koirala-621x414प्रतिनिधित्व गर्ने दलसँग प्रधानमन्त्री निवास बालुवाटारमा विशेष सर्वदलीय छलफल गर्नुभएको छ ।

सर्वदलीय छलफलमा प्रधानमन्त्री कोइराला त्यस्तै गरि अर्थमन्त्री डा. रामशरण महत र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सहभागी नेताहरुलाइ मोदीको भ्रमणको तयारी र नेपाल–भारत संयुक्त आयोगको बैठकको क्रममा भएका उपलब्धीहरुको जानकारी गराउनुभएको थियो ।

त्यस्तै बैठकमा सहभागी दलका नेताहरूले मोदीको भ्रमणलाई दुवै देशको हितमा अधिकतम सदुपयोग गर्ने अवसरका रूपमा लिन आग्रह गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।