बिहिबार, बैशाख २७, २०८१

फुटेर होइ जुटेर काम गरौं : अध्यक्ष खनाल

 काठमाडौँ अषाढ ३, नेकपा एमाले नवौं महाधिवेशन मूल व्यवस्थापन समितिद्धारा पार्टी मुख्यालयमा आयोजित साप्ताहिक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष झलनाथ खनालले नवौं महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिदै अहिले फुटेर होइ जुटेर काम गर्नु UML_Logo_9_th_Congressपर्र्ने अवस्था रहेको बताउँनु भएको छ ।

पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोख्रेलले महाधिवेशनका लागि पार्टी केन्द्रीय कमिटीले पारित राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव यसै हप्तामा सम्पूर्ण पार्टी सदस्यबीच छलफलका लागि पठाइने जानकारी दिनु भएको छ ।

त्यस्तै प्रचार विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीका अनुसार विधान संशोधन प्रस्तावको अन्तिम रुपअनुसार पार्टीमा एक खालको सदस्यता कायम गर्नुपर्ने, सदस्यता प्राप्त गर्नुपूर्व हरेक आवेदकले तोकिएको परीक्षणकाल पूरा गर्नुपर्ने, पार्टी केन्द्रीय कमिटीमा ११५ पूर्ण र ३४ वैकल्पिकसहित १४९ सदस्य रहने, केन्द्रीय कमिटीमा अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव दुई र सचिव पाँच जना गरी पदाधिकारी रहने व्यवस्था सहित पार्टी निवर्तमान अध्यक्ष स्वतः वरिष्ठ नेताको पार्टी अध्यक्षपछिको मर्यादाक्रममा रहने व्यवस्था प्रस्ताव गरिएको बताउँनु भयो ।

साथैै उहाँले महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विधि, प्रक्रिया र निर्वाचन आचारसंहिताको व्यवस्था गरी लागू गरिएको र निर्वाचन सकिनासाथ सम्बन्धित कमिटीले असार ८ गतेसम्म र १० गते प्रतिनिधि चयन हुनेका लागि असार ११ गतेसम्म प्रतिनिधिको नामावली मूल व्यवस्थापन समितिको कार्यालयमा पठाउन निर्देशन गरिएको ज्ञवालीले जानकारी गराउनुभयो ।