शुक्रबार, चैत्र १६, २०८०

नेविसंघको ११ औ माधिवेशनको नयाँ मिति तय

काठमाडौँ अषाढ २, नेविसंघको ११ औ माधिवेशन आगामी भाद्र २९, ३०र ३१ गते हुने भएको छ ।यस अघि गत ज्येष्ठ २९, ३० र ३१ गतेका लागि तय upभएको सङघको माधिवेशन विशेष कारणबश’ भन्दै स्थगित गरिए थियो ।  ११ औ माधिवेशनको नयाँ मिति तय गर्न आज बसेको सङघको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता युपी लामिछनेले बताएका छन ।

हिजो बसेको   बैठकमा  उपस्थित विद्यार्थी विभाग प्रमुख एवंम केन्द्रीय सदस्य नविन्द्रराज जोशीले अधिवेशन विवादित भएको स्थानमा विधि र प्रक्रिया पुर्याएर पुनः अधिवेशन गर्ने त्यस्तै गरि अधिवेशन हुन नसकेको शाखाहरुलाई निश्चित मिति तोकेर  अधिवेशन गर्ने गरी कार्यतालिका बनाउन भन्दै दिएको  निर्देशन  अनुरुप नयाँ मिति तय गरेको बुझिएको छ ।