बुधबार, बैशाख १२, २०८१

महामन्त्रीको हैसियतले कार्यक्रमलाइ सम्बोधन गरेको उपप्रधानमन्त्री सिहंको प्रष्टोक्ति

काठमाडौँ अषाढ ४, निर्वाचन आयोगले सोमबार संविधानसभा सदस्य उपनिर्वाचनको सिलसिलामा जारी गरिएको आचारसंहिता विपरितको काय गरेको भन्दै साधिएको –स्पस्टीकरणको सम्बन्धमा उपप्रधानमन्त्रीद्वय सिंह र गौतमले आफूहरुले निर्वाचन आचारसंहिताdpms विपरितको कार्य नगरेको जवाफ निर्वाचन आयोगलाई पठाएको आयोगले जनाएको छ ।

यसै शिलशिलामा मङगलवार आयोगलाई लिखित –स्पस्टीकरण दिदै उपप्रधानमन्त्री सिंहले आयोगलाई पठाउनु भएको लिखित जवाफमा ज्येष्ठ ३१ गते काठमाडौं निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पेप्सीकोला नजिकको फुटबल मैदानमा आयोजित चुनावी सभामा नेपाल सरकारको उपप्रधानमन्त्रीको हैसियतमा नभई नेपाली काँग्रेस पार्टीको महामन्त्रीको हैसियतले आफू सहभागी भई सम्बोधन गरेको जानकारीदिनु सहितको –स्पस्टीकरण आयोगलाई पठाउनुभएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।