शनिबार, बैशाख १५, २०८१

एमाओवादी सहितका पाँच कम्युनिस्ट घटकले सङ्घीयताको विषयमा अन्र्तक्रिया गर्ने

काठमाडौ आषाढ १६,  एमाओवादी र नेकपा–माओवादीसहितका पाँच कम्युनिस्ट घटकले संविधान निर्माणको सबैभन्दा जटिल मानिएको Maoist_5सङ्घीयताको विषयमा आषाढको तेस्रो साता बृहत् अन्तक्र्रिया गर्ने भएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा(एकीकृत)का महासचिव परि थापा, नेकपा(माओवादी)का संयोजक मातृका यादव र क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापालगायतका नेताहरुको सहभागिता रहेको पाँच कम्युनिस्ट घटकको आज अनामनगरमा बसेको बैठकले यही आषाढ २५ गते ‘जनताको सङ्घीय संविधान निर्माणका सम्भावना र चुनौती’ विषयक अन्तक्र्रिया गर्ने निर्णय गरेको हो ।

 अन्तक्र्रियामा अघिल्लो संविधानभा काम पूरा नगरी विघटन हुनुका कारण र वर्तमान संविधानसभामा भइरहेका काम कारबाहीको विषयमा समेत समीक्षा गरिने जनाइएको छ ।