शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपति भ्लादिमिर पुटिन क्रिमिया भ्रमणमा

एएफपी / वैशाख २७ युक्रेनको क्रिमिया रूसमा गाभिएपछि राष्ट्रपति भ्लादिमिर पुटिन पहिलोपटक शुक्रबार त्यहाँको भ्रमण गरेका छन् । केही दिनपछि रूसीभाषी पृथकतावादीहरूले युक्रेनको पूर्वी भागमा समेत जनमत संग्रह गर्दै छन् ।   पुटिन ऐतिहासिक बन्दरगाह नगर सेभास्तोपोलमा छन् । दोस्रो imageविश्वयुद्धमा नाजी सेनामाथिको विजयको स्मृतिमा आयोजना गरिने व्यापक सैनिक परेडलाई उनले अवलोकन गरेका छन् । अर्कोतिर मारियुपोल नगरमा नयाँ संघर्ष सुरु भएको छ । मस्को समर्थक विद्रोहीहरूले स्वतन्त्रताको विषयमा मतदान गर्ने भएका छन् । मस्कोमा एक सैनिक परेडमा पुटिनले राज्यप्रति जनताले देखाएको राष्ट्रभक्ति तथा समर्थनको प्रशंसा गरेका छन् ।

युक्रेन संकट तथा क्रिमिया रूसमा गाभिएपछि यस वर्षको नाजीविरुद्धको विजयको स्मृति परेडलाई विशेष महत्त्वका साथ मनाइएको छ । परेडमा दर्जनांै हेलिकप्टर तथा विमान मस्कोको आकाशमा उडेका थिए भने करिब ११ हजार सैनिक टंयाक, चाहेको स्थानमा परिचालन गर्न सकिने क्षेप्यास्त्र प्रणाली र  सैनिक युद्धक गाडीका साथ अगाडि बढेका थिए । रूसले दोस्रो विश्वयुद्धमा तीन करोड जनता गुमाएको थियो भने ६९ वर्ष अगाडि नाजी जर्मनमाथि सोभियत युनियनको विजयलाई ठूलो गौरवको रूपमा हेरिन्छ । जर्मन चान्सलर एन्जेला मर्केलले बिहीबार पुटिनलाई यो भ्रमण नगर्न चेतावनी दिएकी थिइन् ।

युक्रेनको पूर्वी दर्जनौं नगर तथा सहरमा नियन्त्रण गर्ने विद्रोहीहरूले जनमत संग्रह सार्न अस्वीकार गरेका छन् । आइतबार हुने जनमत संग्रहले तनाव सिर्जना गर्ने देखिन्छ । रूस समर्थित आठ लडाकुको मृत्यु भएको छ । युक्रेनका प्रधानमन्त्री आर्सेनी यात्सेनुकले रुसले  विजयोत्सवका क्रममा यक्रेनमा रहेका भनिएका आफ्ना समर्थकहरुलाई पनि उक्साउन सक्ने अनुमान गरेका छन् ।