शुक्रबार, बैशाख १४, २०८१

भारतमा चुनाव प्रचारको शनिबार अन्तिम दिन

एजेन्सी नयाँ दिल्ली / वैशाख २७ ,आगामी सोमबार भारतमा हुने निर्वाचन प्रचारको शनिबार अन्तिम दिन हो । भारतमा गत महिनादेखि जारी रहेको निर्वाचनको प्रचार अभियान निकै प्रतिश्पर्धात्मक र तीखो आलोचनायुक्त रहेको बताइएको छ । भारतीय निर्वाचनको अन्तिम मतदान हुदैछ । यसको परिणाम यसै मे महिनाको १६ तारिखसम्ममा गरिसकिने छ ।

225px-Flag_of_India.svgबनारसमा आगामी सोमबार मतदान हुदैछ । सो क्षेत्र नै भारतीय निर्वाचनको अन्तिम मतदान हुन लागेको क्षेत्र हो । महिनादिनयता देखि भारतमा आमनिर्वाचन जारी रहेको छ । विभिन्न नौ चरणमा गरी निर्वाचनहरु सम्पन्न भएका छन् । करिब ८१ करोड मतदाता रहेको भारत विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यासका रुपमा पनि परिचित छ । जारी निर्वाचनमा वर्तमान सत्तारुढ गठबन्धन भारतीय जनता पार्टी र भारतीय जनता पार्टीका बीचमा कडा प्रतिश्पर्धा भइरहेको बताइएको छ ।

तर पनि भारतीय जनता पार्टीको अभियान धेरै प्रभावकारी देखिएको र सोही दलको गठबन्धनले नै आगामी सरकारको नेतृत्व गर्नसक्ने अनुमान गरिएको छ । भारतीय निर्वाचनमा केन्द्रित रहेर गरिएका पछिल्ला सर्वेक्षणहरुले सो दललाई नै आगामी सरकारको नेतृत्व गर्नसक्ने गरी मत प्राप्त भएको जनाएका छन् । रासस/एएफपी