बिहिबार, चैत्र १५, २०८०

क्यालिफोर्नियामा सडक दुर्घटना, दश व्यक्तिको मृत्यु

 एएफपी २९ चैत,क्यालिफोर्नियाको उत्तरी भागमा एक मालवाहक ट्रक अमेरिकी विद्यार्थी रहेको एक बससँग ठक्कर खाँदा दश व्यक्तिको मृत्यु भएको तथा 270px-Map_of_USA_CA.svgकम्तीमा ३० व्यक्ति घाइते भएको जानकारी क्यालिफोर्निया राजमार्ग गस्तीले दिएको छ । बिहीबार उक्त बसले माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई हमबोल्ट राज्य विश्वविद्यालयमा भ्रमणका लागि ल्याइरहेको थियो । उक्त विश्वविद्यालय सान फ्रान्सिस्कोबाट गाडीबाट छ घण्टाको यात्रामा पुग्नसकिन्छ ।

विश्वविद्यालयका अधिकारी जोयस लोप्सले फेडएक्सको ट्रकसँग विश्वविद्यालयको बस ठक्कर खाएको बताउनुभयो । विश्वविद्यालयले मर्नेमा दुवै गाडीका चालक पनि परेको जानकारी दिएको छ । अन्य मृतकको पहिचान दिइएको छैन । विद्यार्थीहरूलाई विभिन्न छ वटा अस्पतालमा लगिएको बताइएको छ ।