शुक्रबार, बैशाख १४, २०८१

मजदुर दिवसले मजदुरको हक र अधिकार स्थापित गर्न सहयोग पुग्ने प्रम कोइराला विश्वास

काठमाडाँै वैशाख १८, १२५ औ विश्व मजदुर दिवसका अवसरमा शुभकामना सन्देश प्रधानमन्त्री सुशील कोइरालले मजदुर दिवसले मजदुरको हक sushilर अधिकार स्थापित गर्न अझ बढी सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै शुभकामना सन्देसमा उहाँले नेपालको अन्तरिम संविधान, २०६३ मा श्रमसम्बन्धी हकलाई मौलिक हकमा व्यवस्था गरिएको र संविधानले श्रमिकलाई उचित श्रम अभ्यासको हक, आफ्नो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदावाजी गर्ने हकलाई प्रत्याभूत गरेको उल्लेख गर्दै विराटनगरको मजदुर आन्दोलनबाट नेपालमा प्रजातान्त्रिक आन्दोलनको विगुल फुकिएको ऐतिहासिक तथ्यलाई स्मरण गर्नुको अलावा प्रम कोइरालाले २००३ सालदेखिको मजदुर आन्दोलनसहित देशमा सम्पन्न प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न संविधानसभाबाट संविधान लेख्ने यस महान अभियानलाई सफल पार्न समस्त मजदुर दिदीबहिनी तथा दाजुभाइमा अनुरोध गर्नुभएको छ ।