शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपति डा. यादवद्दारा महासङ्घको नवनिर्मित भवनको उद्घाटन

काठमाडौँ वैशाख १७ ,  सञ्चारग्रामस्थित नेपाली पत्रकारहरूको साझा सङ्गठन नेपाल पत्रकार महासङ्घको अत्याधुनिक नवनिर्मित भवनको एक कार्यक्रमकावीच राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्दै नेपाली पत्रकारिताको स्तर, दायरा र क्षमतालाई थप अभिवृद्धि गर्न पत्रकारको अझै IMG_8442sjh_road_ photograhphy_sanchargram udghata rastrapati_2071बढी क्रियाशीलता आवश्यकता भएको बताउँदै पत्रकारिता कमजोर भएमा लोकतन्त्रमाथि नै खतरा आउने भन्दै पत्रकारितालाई सुदृढ र सक्षम बनाउन सबैको ध्यान जानु आवश्यक रहेको बताउँनु भएको छ । त्यस्तै आफूले चार दशकदेखि निरन्तररुपमा पत्रकारिताका विभिन्न आयामलाई पाठक, स्रोता र दर्शकको रुपमा उपभोग गरिराखको चर्चा गर्दै राष्ट्रपति डा यादवले संविधानका अन्तरवस्तु, शासकीय स्वरुप, सङ्घीयता जस्ता विषयमा गम्भीररुपमा ध्यान दिदै चुरे संरक्षणका लागि निरन्तर कलम चलाउन सञ्चारकर्मीहरूलाई आग्रह गर्नु भएको थियो । सो अवसरमा राष्ट्रपति डा. यादवले महासङ्घको भवन निर्माणमा उल्लेखनीय योगदान दिनुभएका पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी र पूर्वअर्थसचिव शान्तराज सुवेदीलाई सम्मान गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले भवनका बाँकी काम सम्पन्न गर्न सरकारले सहयोग गर्ने आश्वासन दिँदै मन्त्रालय महासङ्घसँग साझेदारी गर्दै अगाडि बढ्ने बताउनुभएको थियो

IMG_8451sjh_road_ photograhphy_sanchargram udghata rastrapati_2071

IMG_8455sjh_road_ photograhphy_sanchargram udghata rastrapati_2071नवनिर्मित महासंघको चारतते सो भवन रु चार करोड ९ लाखको लागतमा निर्माण सम्पन्न भएको जानकारी दिदै महासङ्घका अध्यक्ष शिव गाउँलेले भवनले पत्रकार र पत्रकारिताको क्षमता अभिवृद्धि गर्न र आफ्नो गतिविधि अगाडि बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुको अलावा
तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र अर्थमन्त्री भरतमोहन अधिकारीको समयमा महासङ्घको सो भवन निर्माणका लागि बजेट विनियोजन भएको जानकारी दिनु भएको थियो भने महासङ्घका सचिव जगत नेपालले नयाँ भवनका साथमा भवनमा पस्ने नयाँ अनुहारहरू व्यावसायिक र उत्तरदायी भइदिए यसले सार्थकता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।