शनिबार, बैशाख १५, २०८१

तोकिएको समयमा सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गर्न सफलता मिलोस् : राष्ट्रपति

 काठमाडौँ वैशाख १, राष्ट्रपति डा रामवरण यादवले नववर्ष २०७१ का उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षका उपलक्ष्यमा आज दिनुभएको सन्देशमा उहाँले निर्वाचनको सफलताले जनतामा rbyल्याएको उत्साहलाई परिणाममुखी बनाउने दायित्व हामी सबैका सामु छ भन्दै निर्वाचनको यही सफलताको जगत्मा उभिएर राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्र मार्फत गरेको प्रतिबद्धताअनुरूप तोकिएको समयमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्यमान्यतामा आधारित नयाँ संविधान जारी गर्नु प्रथम कर्तव्य भएकामा जोड दिनुभएको छ ।

त्यस्तै सन्देशमा उहाँले –जनताले शान्ति र लोकतन्त्रको पक्षमा आफ्नो मत जाहेर गरिसकेका छन्, अब कुनै पनि किसिमको अतिवादले नेपाली जनतालाई आकर्षित गर्न सक्दैन, देशले शान्ति र विकास चाहेको छ हामी सबैको ध्यान यसतर्फ जानु आवश्यक छ । हालसम्म प्राप्त उपलब्धिको संरक्षण र सम्बर्धन गर्नका लागि सबै राष्ट्रिय शक्ति एक ठाउँमा आएर जनचाहनाको प्रतिनिधित्व गर्ने नयाँ संविधान निर्माण गर्न हामी सबैमा सफलता मिलोस् भन्ने कामना पनि उहाँले गर्नुभएको छ ।