शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्री कोइरालाको सम्पत्ति जम्मा तीन वटा मोबाइल

काठमाडौं  चैत १ , साधारण र सादा जीवन व्यतित गर्ने व्यक्तिको परिचय बनाएका प्रधानमन्त्री सुशील कोइरालको सम्पत्ति विवरणबाट उनको सादगी थप Sushil-koirala2प्रमाणित भएको छ । एक पटक पत्याउ गाहृो हुन सक्छ । तर, नेपालका कार्यकारी प्रधानमन्त्री कोइरालासँग images (1)सम्पत्तिको नाममा तीन वटा मोबाइल सेट मात्रै छ । प्रधानमन्त्री एंव मन्त्रिपरिषदको कार्यालयमा उनले बुझाएको सम्पत्ति विवरणमा त्यती मात्र उल्लेख गरिएको छ ।
कोइरालाका प्रेस सहयोगी प्रकाश अधिकारीले गरेको दावी अनुसार उनीसँग सम्पत्तीको नाममा तीन थान मोबाईल मात्रै छ । एउटा पछिल्लो मोडलको र अन्य पुराना मोडलका मोबाइल छ । त्यसमा पनि एउटा बिग्रेको छ ।
लामो राजनीतिक जीवन भएपनि कहिल्यै सार्वजनिक पद धारण नगरेका कोइराला गत महिना प्रधानमन्त्रीको पद सम्हाल्नु अगाडि महाराजगंजस्थित भाडाको घरमा बस्दै आएका थिए । उनको घर भाडा नेपाली कांग्रेस पार्टीले तिर्दै आएको थियो । ७५ वर्षीय प्रधानमन्त्री कोइरालाको कुनै बैंकमा खाता छैन । उनका सहयोगीहरुले प्रधानमन्त्रीको आउने तलव सुविधा पठाउनका लागि कोइरालाको खाता खोल्ने तयारीमा छन् । उनले पहिलो महिनाको तलब अझै बुझिसकेका छैनन्- अधिकारीले भने ।  बाँके निवासी कोइराला त्यता गएका बेला भाई विजयको घरमा बस्ने गर्छन । कोइरालाले पुख्र्यौली सम्पत्ति लिएका छैनन्