शुक्रबार, चैत्र १६, २०८०

मन्त्रिपरिषद्को बैठक: ३९ जना सहसचिवको पदस्थापना र सरुवा

काठमाडौँ वैशाख १९, आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले हालै बढुवा भएका ३९ जना सहसचिवको पदस्थापना र सरुवा गनुको अलावा रक्षा मन्त्रालयका सहसचिव देवेन्द्र सिटौलालाई कायममुकायम सचिवको जिम्मेवारीसमेत तोकेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री singhadurbarडा मीनेन्द्र रिजालले जानकारी दिनुभएको छ ।

त्यस्तै बैठकले दक्षिण एसियाली पर्यटन पूर्वाधार विकासका लागि एसियाली विकास बैंकको रु दुई अर्ब ९० करोड वैदेशिक सहायता लिन स्वीकार गर्ने निर्णय पनि गरेको छ भने विशिष्ट नागरिकहरूलाई औषधि उपचारको व्यवस्था गर्ने निर्देशिकाअनुसार बैंककमा उपचाररत नेकपा (एमाले) का वरिष्ठ नेता एवम् संसदीय दलका नेता केपी ओलीको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । यसैगरी, सरकारले नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री गोविन्दराज जोशीलाई एअर एम्बुलेन्सको खर्च र स्वास्थ्य उपचारका लागि रु पाँच लाख सहयोग तथा नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री सिद्धराज ओझालाई औषधि उपचारका लागि रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ ।