शनिबार, बैशाख १५, २०८१

प्रधानमन्त्री कोइरालाद्वारा विद्यार्थी अपहरणको निन्दा

काठमाडौँ वैशाख २७, प्रधानमन्त्री सुशील कोइरालाले नाइजेरियाको विद्रोही समूह बोको हरामले अप्रिल १४ मा नाइजेरियाको चिवोकस्थित सरकारी कन्या माध्यमिक विद्यालयबाट छात्रालाई सामूहिक अपहरण गरी ३०० जनालाई अझै बन्धक बनाई आतङ्क सिर्जना गरेको घटनाप्रति आफ्नो ध्यान sushilआकृृष्ट भएको जनाउनुभएको छ । आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै उहाँले नेपाल सरकार विश्वका सबै मुलुकका नागरिकले आफ्ना मौलिक हक निर्वाधरुपमा उपयोग गर्न पाउनु पर्दछ भन्ने मान्यता  राख्दछ  भन्दै  प्रम न्त्री कोइरालाले स्वतन्त्रतापूर्वक बाँच्न पाउने, आफूलाई मन परेको राजनीतिक विचार ग्रहण गर्न पाउने, आफ्नो विचार अभिव्यक्त गर्र्न पाउने, बिना हातहतियार भेला हुन पाउने, स्वतन्त्रतापूर्वक हिँड्डुल गर्न पाउने, कानुनले वैध मानेका व्यवसाय गरी स्वतन्त्रतापूर्वक सम्पत्ति आर्जन र उपभोग गर्न पाउनु नागरिकका मौलिक हक भएको यर्थाथता प्रष्टाउँनु भएको छ ।

त्यस्तै विज्ञप्तिमा भनिएको छ “नेपाल सरकार विद्रोहीको कब्जामा परेका छात्राहरुको सकुशल उद्धारको कामना तथा अपिल गर्दछ । नेपाल सरकार दुःखको यस सम्वेदनशील घडीमा बन्धकमा परेका छात्राहरुको उद्धारमा सक्रिय हुन नाइजेरियाली सरकारको अनुरोधमा थालिएको अन्तर्राष्ट्रिय प्रयासको सफलताको कामना  गर्दै   अपहरित छात्राहरुलाई बेचबिखन गर्ने भनी सञ्चारमाध्यममा आएका विद्रोहीका विचार मानवता विरुद्धको भएकाले त्यस प्रकारको कुनै पनि कदम नचाली ती छात्राहरुलाई तत्काल मुक्त गर्न विद्रोहीहरुलाई आग्रह  गर्नु भएको छ ।