बिहिबार, चैत्र १५, २०८०

राष्ट्रपतिसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ वैशाख २४,  राष्ट्रपति डा रामवरण यादवसमक्ष इजिप्ट, दक्षिण कोरिया र सिङ्गापुरका नवनियुक्त राजदूतले आज आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्टका राजदूत बहेर नाबिल rbyअब्देल फताह हेल्मी, दक्षिण कोरियाका राजदूत चो आङ जिन र सिङ्गापुरका राजदूत लिम थ्वान क्वानले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको   राष्ट्रपति कार्यालयले जनाएको छ ।

इजिप्ट र दक्षिण कोरियाका राजदूतहरू आवासीय हुनुहुन्छ भने सिङ्गापुरका गैरआवासीय राजदूत हुनुहुन्छ । उहाँ भारतको नयाँदिल्लीमा रहेर नेपाल मामिला हेर्नुहुन्छ । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, निमित्त प्रधानसेनापति पवनबहादुर पाँडे, राष्ट्रपति कार्यालयका सचिव शारदाप्रसाद त्रिताल, निमित्त परराष्ट्र सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल कालीप्रसाद पोखरेललगायतका उच्चपदाधिकारी उपस्थित हुनुहुन्थ्यो ।