बिहिबार, बैशाख ६, २०८१

भ्रष्टाचारको रोगलाई निषेध गर्न प्रम कोइरालाको निर्देशन

चितवन  वैशाख २८, प्रधानमन्त्री सुशील कोइरालाले नेपाल निजामती कर्मचारी युनियनको छैठौँ केन्द्रीय महाधिवेशनको आज चितवनको रत्ननगरमा उद्घाटन गदैं भ्रष्टचारले मुलुकलाई समाप्त पारेको अभिव्यक्ति सहित भ्रष्टाचार जस्तो महारोगलाई रोक्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

susilत्यस्तै प्रम कोइरालालले स्थानीय निकायको निर्वाचन हुन नसक्दा अर्बौं रुपैयाँ बालुवामा पानी हाले सरह भएको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले यथाशक्य छिटो निर्वाचन गरेर जनतालाई विकासको अनुभूति दिलाउनु सरकारको दायित्व भएको बताउँदै संयुक्त सरकार भएकाले जनताले अपेक्षा गरेअनुसारको काम हुन नसके पनि महत्वपूर्ण कामहरु भएको प्रधानमन्त्री कोइरालाले दावी गर्नुभएको छ । साथै उहाँले एक वर्षभित्र संविधान निर्माण हुने कुरामा ढुक्क रहन आग्रह गर्दै पहिले त भ्रष्टाचार रुपी महारोगलाइ रोक्नु आजको आवश्यकत भएको प्रसंगमा विशेष जोड दिनु भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कर्मचारी स्थायी सरकार भएको र उनीहरुले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभएको थियो त्यस्तै गरि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले निमुखालाई न्याय र विपन्नलाई आयको अवस्था सिर्जना गर्नुपर्ने बताउनुभएको उक्त कार्यक्रममा भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधि, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष सुबोध देवकोटा लगायतका वक्ताहरुले बोल्नु भएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ।

तीन दिनसम्म चल्ने सो महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरी करिब एक हजारजनाको सहभागिता रहेको छ । महाधिवेशनले तीनवर्षे कार्यकालका लागि ७० सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने समाचारमा जनाईएको छ।