शुक्रबार, बैशाख १४, २०८१

एमाओवादी स्थायी समितिको निर्वाचमा नेता बोगटीले सवलाई उछीने

लीलामणी पोखरेल, दीनानाथ शर्मा, हिसिला यमी,उर्मिला अर्याल र रामचन्द्र झाले चुनाव हारे

काठमाडौँ ज्येष्ठ १२, एमाओवादी स्थायी समिति सदस्यका लागि आज भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक imageमतपरिणामअनुसार नेता पोष्टबहादुर बोगटीले सबैभन्दा अर्थाथ १०३ मत प्राप्त गर्नुभएको छ । । यस्तै नेता डा. बाबुराम भट्टराईले ९९ मत, नेता कृष्णबहादुर महराले ९० मत, पाउनुभएको छ भने नारायणकाजी श्रेष्ठले ८६ मत ल्याएर समिति सदस्यमा चयन हुनुभएको छ । त्यस्तै गरि टोपबहादुर रायमाझीले ७० मत, लोकेन्द्र विष्ट मगरले ७५ मत, नन्दबहादुर पुनले ६७ मत, गिरिराजमणी पोखरेलले७८ मत, हरिबोल गजुरेलले ८८ मत, अग्नि सापकोटाले ८४ मत, शक्ति बस्नेतले ८२ मत, जनार्दन शर्माले ९२ मत, चक्रपाणि खनालले ६६ मत , देवेन्द्र पौडेललेमत ६५ र गोपाल किरातीले ६२ मत प्राप्त गर्नुभएको थियो।

यसैबीच पूर्वस्थायी समितिमा रहेका लीलामणी पोखरेल, दीनानाथ शर्मा, हिसिला यमीले हार व्यहोरेका छन् । एमालेबाट एकीकृत माओवादीमा प्रवेश गरेका उर्मिला अर्याल र रामचन्द्र झाले पनि हार व्यहोरेका छन् । आज स्थायी समितिको टुङ्गो लागेपनि भोलि मात्रै पदाधिकारीको निर्वाचन गर्ने तयारी भइरहेको एमाओवादीले जनाएको छ ।