शुक्रबार, बैशाख १४, २०८१

संविधान जारी हुनुअघि स्थानीय चुनाव: उपप्रधानमन्त्री गौतम

 धादिङ चैत १, उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले संविधान घोषणा हुनुअघि नै सरकारले स्थानीय निकायको चुनाव गराउने बताउनुभएको छ । नेकपा bamdaveएमाले धादिङ क्षेत्र नं १ को दास्रो क्षेत्रीय अधिवेशनको आज सल्यानकोटको रिङ्ने बजारमा उद्घाटन गर्दै उहाँले संविधानको घोषणापछि तीन÷चार वर्ष कुनै चुनाव हुन नसक्ने भएकाले संविधान घोषणाअघि नै स्थानीय निकायको चुनाव गराउने बताउनुभएको हो ।

उपप्रधानमन्त्री गौतमले एक वर्षभित्र संविधान निर्माण गरी जारी गर्ने ठोकुवा गर्दै २०७१ सालभित्र मुलुकमा नयाँ संविधानको प्राप्ति, स्थानीय निकायको निर्वाचन र एमालेको महाधिवेशन सम्पन्न हुने भएकाले जनताले शान्तिको अनुभूति गर्न पाउने उल्लेख गर्नुभयो । गृहमन्त्री गौतमले चुनावको बेला एमालेले गरेको प्रतिबद्धता पूरा गर्ने आश्वासन दिँदै धादिङको उत्तरी क्षेत्रको रिङ तथा किन्ताङफेदी क्षेत्रमा सशस्त्र प्रहरीको क्याम्प राख्ने र सदरमुकामबाट तिप्लिङ जाने सडक कालोपत्रे गर्ने आश्वासन दिनुभयो । कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डेले जनतालाई एक वर्षभित्र संविधान दिने प्रतिवद्धता जनाउनुभयो ।