शुक्रबार, बैशाख ७, २०८१

एमाओवादीले कार्यदिशा सच्चाए दुई पार्टीबीच एकता सम्भव: अध्यक्ष वैद्य

 काठमाडौँ फागुन २९, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले हेटौँडा महाधिवेशनबाट एकीकृत नेकपा (माओवादी)ले लिएको कार्यदिशा सच्चाउन तयार भए दुई पार्टीबीच एकता सम्भव भएको बताउनुभएको छ । माओवादी पार्टी कार्यालय बुद्धनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले तत्कालीन images (13)केही मुद्दामा दुई पार्टीबीच समान मत रहेको बताउँदै कार्यदिशा मिले पार्टी एकता हुने बताउनुभयोे । दुई पार्टीबीचको भिन्नताबारे उहाँले भन्नुभयो, “उहाँहरू नयाँ जनवादी क्रान्ति सम्पन्न भइसक्यो, समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्छ भन्दै हुनुहुन्छ । हामी नयाँ जनवादी क्रान्ति सम्पन्न भएको छैन भन्छौँ, उहाँहरू संविधानसभाभित्रैबाट समाधान निकाल्ने भन्दै हुुनुहुन्छ तर हामी संविधानसभा बाहिरबाट समाधान निकाल्ने पक्षमा छौँ ।

ती विषयमा एमाओवादीले आफूलाई सच्याएर अगाडि बढेमात्रै पार्टी एकता सम्भव भएको तर यथावस्थामा भने एकता हुन नसक्ने भन्दै  संविधानसभामा एमाओवादीको स्थिति केही गर्न नसक्ने हैसियतमा रहेको भन्दै उहाँले संविधानसभाबाट बाहिरिन उसलाई सुझाव दिनुभयो । द्वन्द्वकालीन मुद्दा ब्युँताउनेजस्ता घटनाले दुवै माओवादीमाथि प्रहार सोझिएकाले परिवर्तनकारी शक्तिहरू एक ढिक्का हुनुपर्ने आवश्यकता महसुस भएको धारणा उहाँले राख्नुभयो ।

संविधान निर्माणपछि नयाँ स्थानीय संरचना गठनअनुरूप स्थानीय निकायको निर्वाचन गरिनुपर्नेमा अहिले नै निर्वाचनको कुरा गर्नु सङ्घीयतालाई पन्छाउने षड्यन्त्र भएको उहाँको जिकिर थियो । पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष वैद्यले संविधानका अन्तरवस्तु, राष्ट्रियता, जनजीविकाको सवालमा सङ्घर्ष गर्न पार्टी सचिव देव गुरुङको संयोजकत्वमा १३३ सदस्यीय संयुक्त जनसमिति निर्माण गरेको जानकारी दिनुभयो । जनसमितिले आन्दोलनरत तेत्तीस दलीय मोर्चाका साथै अन्य घटकसँग सहकार्य गरेर आन्दोलनका कार्यक्रम तय गर्ने जानकारी दिईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728