शुक्रबार, बैशाख १४, २०८१

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं फागुन १६, मन्त्रिमण्डल विस्तारको कारणले यसअघि दुई पटक स्थगित गरिएको नेकपा एमाले केन्द्रीय कमिटीको आज बस्ने भएको छ । आजको  बैठकमा सरकार गठनको समीक्षा र महाधिवेशनको तयारीबारे छलफल हुने सम्वद्धस्रोतले जनाएको छ ।  त्यस्तै बैठकमा महाधिवेशनको तयारी, दस्तावेज लेखन लगायतका विषयमा छलफल गरिनुको अलावा सरकारमा पठाइएका मन्त्रीहरु अनुभवहीन भएकाले त्यसले पार्टीको रणनीति कार्यान्वयनमा असर पार्ने भन्दै केही सदस्यले नेतृत्वको आलोचना गर्ने तयारीको भएको बुझिएको छ ।