शनिबार, बैशाख १५, २०८१

लोकतान्त्रिक संविधानको निर्माणनै सहिदहरूप्रतिको सार्थक श्रद्धाञ्जलि : उपराष्ट्रपति झा

 काठमाडौँ माघ १६, सहिद दिवसको अवसरमा उपराष्ट्रपति परमानन्द झाले दिनुभएको शुभकामना सन्देशमा लोकतन्त्र तथा गणतन्त्र स्थापना गर्नका लागि parmanadha jhaसहिदहरूको योगदानलाई कदर गर्दै निर्भिकरूपमा देश र जनताका लागि आफ्नो जीवनको बलिदानी दिनुहुने सहिदहरूप्रति सम्मान व्यक्त गर्नुभएको छ । 

त्यस्तै सन्देशमा सहिदहरूको बलिदानी जुन उद्देश्यको निम्ति भएको थियो, त्यसको प्राप्तीको स्थायित्वका लागि सम्पूर्ण देशबासी सबै एक भएर लाग्न, म सबैकौ ध्यानाकर्षण गराउन चाहन्छु भन्दै उपराष्ट्रपति झाले संविधानसभामार्फत लोकतान्त्रिक संविधानको निर्माण नै आजको राष्ट्रिय आवश्यकता भएको बताउँनु भएको छ । सहिद दिवसको यस अवसरले सबै नेपालीलाई एकताबद्ध गर्दै शान्ति र समृद्धिको बाटोमा दृढतापूर्वक अघि बढ्न सकेमा मात्र सहिदहरूप्रतिको सार्थक श्रद्धाञ्जलि हुने सन्देशमा उल्लेख गर्नु भएको छ ।