बुधबार, बैशाख १२, २०८१

व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै,अनुमोदनका लागि अध्यादेश पेश गरिने

 काठमाडौं माघ १९,व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ११ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बोलाईएको छ । व्यवस्थापिकासंविधानसभाको चुनाव भएयता तीन पटक बसेको संसद बैठकले सभासमुख र उपसभामुख चयनको प्रक्रिया अझै सुरु गरेको छैन । अहिले सम्म बसेका सवै बैठकमा सरकारको तर्फबाट अध्यादेश मात्रै पेश हुदै आएको छ ।

संसद नभएकोले बेलामा मन्त्रिपरिषद्कोे सिफारिसमा राष्ट्रपति द्धारा जारी गरिएका २४ वटा अध्यादेश सरकारले पालै पालो प्रस्तुत गर्दे आएको छ । पहिलो बैठकमा ५, दोस्रोमा छ र तेस्रोमा ४ वटा गरि अहिले सम्म सरकारले १५ वटा अध्यादेश अनुमोदनका लागि संसदमा पेश गरिसकेको छ, ९ वटा अध्यादेश संसदमा पेश हुन बाँकी रहेको छ । आज पनि केही अध्यादेश पेश गरिने संसद सचिवालयले जनाएको छ ।