शनिबार, बैशाख १५, २०८१

१०८ कन्या कुमारीको पुजन

काठमाडौं असोज २८, काठमाडौं महानगर पालिका वडा न १९ स्थित यट्खाटोलमा आज १०८ कन्याकुमारीको पुजन गरिएको छ । कुमारी पूजामा मुलत कन्यालाई टिका लगाएर प्रसाद तथा दक्षिणा दिएर पुजा गरिन्छ । नेवार समूदायमा कुमारीको पुजा गर्नाले रोग नलाग्ने र आपत विपत नआउने र सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ।