सोमवार, बैशाख १७, २०८१

नेपालको स्वास्थ्य क्षेत्रमा नक्कली डाक्टरको आतंक, प्रवेशिका र प्रमाणपत्र तह नै उत्तीण नगरेका एक दर्जन नक्कली डाक्टर पक्राउ

काठमाडौ माघ २४ , नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा प्रवेशिका र प्रमाणपत्र तह नै उत्तीण नगरी चिकित्सक भएका एक दर्जनचिकित्सकलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभागले पक्राउ गरि शनिवार सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान विभागका अनुसार पक्राउ गरेका एक दर्जन नक्कली चिकित्सकहरुले चिकित्सक दर्ता परीक्षा उत्तीर्ण नै नभई बिना दर्ताको रजिस्टर्ड प्रमाणपत्र देखाउँदै चिकित्सक नाममा DSC_1066ठगीगर्दै आएको सूचनाको आधारमा अनुसन्धान पछि उनीहरूलाइ पक्राउ गरिएको जनाएको छ ।

मानीसको स्वास्थ सेवामा खेलवाद गर्दै नक्कली प्रमाण पत्रको आधारमा डगी डक्टरी सेवा प्रवाह गर्नेका जघन्य अपराधी डक्टहरुमा बिएनसी हस्पिटल बिर्तामोड झापामा कार्यरत रामबाबु गिरी, पशुपति मोडेल अस्पताल इटहरीको प्रमुख भई कार्य गर्दै आएका पशुपति चौधरी, गोल्डेन अस्पताल विराटनगरमा कार्यरत मोहम्मद कमरुल हक, कोसी अञ्चल अस्पताल मोरङमा कार्यरत तुलसीकुमार महतो, ग्लोवल अस्पताल मिर्चैया सिराहामा कार्यरत मोहम्मद अहमद सिद्धिकी, जनकपुर अञ्चल अस्पताल जनकपुरमा कार्यरत सन्तोषकुमार यादव चानकी मेडिकल हल जनकपुरमा कार्यरत कल्याण विश्वास रहेका छन् । त्यस्तै गरि कलेज अफ मेडिकल साइन्स कलेज भरतपुर, चितवनमा कार्यरत विनिता यादव, अजित मेडिकल हल जनकपुरमा कार्यरत भगवान केवट मल्लाह, रामजानकी डेन्टल क्लिनिक जनकपुरमा कार्यरत शैलेन्द्रकुमार महतो, स्वास्थ्य सेवा क्लिनिक तौलिहवा कपिलवस्तुमा कार्यरत अफजल हुसैन, ग्लोवल अस्पताल ग्वार्को ललितपुरमा कार्यरत श्यामबाबु साह रहेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीका अनुसार पक्राउ पर्नेमध्ये नेपालबाट प्रवेशिका र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र सार्वजिक गर्ने एकजना, भारतबाट प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गर्ने, १० जना र भारतबाट प्रवेशिका परीक्षा र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गर्ने एकजना रहेको छन् ।

यसैवीच नेपाल चिकित्सक सङ्घले नक्कली चिकित्सक भन्दै नेपाल प्रहरी पक्राउ गरेका डक्टरको सवालमा आफ्नो ध्यानकर्षण भएको जनाउँदै जतिसक्दो चाँडो छानबिन गरी सत्यतथ्य पत्ता लगाउन माग गरेको छ । चिकित्सक सङ्घका महासचिव डा मुक्तिराम श्रेष्ठद्वारा एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।