शुक्रबार, बैशाख १४, २०८१

फागुन १० गते पूर्व राजा दिल्ली प्रस्थान गर्ने, भारत र चीनबीच उच्चस्तरीय गोप्य सहमति

सुनिल शर्मा / काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाह यती बेला थाइल्यान्डको राजाधानी बैंककमा हुनुहुन्छ। गत माघ ७ गते थाइल्यान्ड प्रस्थान गर्नु भएका पूर्व राजा ज्ञानेन्द्रले भारत र चीनका कूट्नीतिक प्रतिनिधि र सुरक्षा एजेन्सीका व्यक्तित्वहरुसँग गोप्य भेटवार्ता पछी फागुन १० गते सम्भवत वहाँ भारतको राजधानी नयाँ दिल्ली जानु हुने छ। नेपालमा राजसंस्था पुनस्स्थापना र हिन्दू राष्ट्रका लागि भइ रहेको पहल साकारात्मक भएको 20150722_anup_1कुरा राजा ज्ञानेन्द्र निकट स्रोतले जनाएको छ। नेपालमा हिन्दू राष्ट्र र राजसंस्था पुर्नस्थापना गर्ने सम्बन्धमा भारत र चीनबीच उच्चस्तरिय सहमति समेत भइ सकेको छ। स्रोतका अनुसार नेपालको वर्तमान नयाँ संबिधान असफल भएको हुँदा यसलाई खारेज गरेर नयाँ संबिधान २०४७ लाई पुनस्स्थापित गर्ने कुरामा भारत र चीन एक मत भएका छन्। अन्तराष्ट्रिय मुस्लिम आतंकवादी संगठन आइ एस् आइ एस् र जैस ए मोहम्मद , अलकाएदा जस्ता संगठनले भारतलाई ईस्लामिक राष्ट्र बनाउन र भारतबाट कश्मिर अलग गराउन नेपाललाई शेल्टरको रूपमा प्रयोग गर्न थाले पछी नेपाल पाकिस्तानको अवस्थामा पुग्न लागेको मुल्याङ्कन गर्दै भारतीय सुरक्षा अधिकारीले एक गोप्य रिपोर्ट भारत सरकारलाई बुझाएको छ। साथै यसको जानकारी चीन सरकारलाई पनि दिए पछी नेपालको वर्तामान राजनीतिक परिस्थितीलाई मुल्याङ्कन गर्दै भारत र चीनको सुरक्षार्थ नेपालमा राजसंस्थाको आवश्यकअता भएको जिकिर भारतको राष्ट्रिय सुरक्षा एजेन्सीले प्रम नरेन्द्र मोदीलाई एक रिपोर्ट दिएको छ। सोही रिपोर्टको आधारमा नेपालका राजनीतिक दल र नेताहरुको विदेशी गुप्ताचर एजेन्सीसँगको कनेक्सन, सम्पत्ती विवरण, हिजो र आजको अवस्थाबारे पनि खुलाइएको छ।

प्रचण्ड लगायत सबै पार्टीका नेताहरुको भारत र सुइजरर्ल्यान्डमा राखिएको स्रोत नखुलेको सम्पत्तीको विवरण अख्तियार दुरुपायोग अनुसन्धान आयोगलाई भारतीय गुप्तचर एजेन्सी मार्फत प्राप्त भएको छ जसमा प्रचण्डको मात्र सम्पत्ती ३७ अर्ब रहेको पाइएको छ। स्रोतका अनुसार राजनीतिक दलका नेताहरुलाई भ्रष्टाचारको अभियोगमा छिट्टै नै गिरफ्तार गर्ने तयारी भएपछी अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई अविश्वासको प्रस्ताव मार्फत हटाउने षड्यन्त्र एकातिर भइ रहेको छ भने अर्को तर्फ उनको हत्या गर्ने धम्की समेत दिदै एमाओबादीले वाइ सि एल को नाममा लोकमान र उनको सम्पत्तीमाथि धावा बोल्ने काम सार्वजनिक रूपमा गरेको छ। सम्भवत नेपालका राज्नीतिक दलका ठुला नेताहरु भ्रश्टचारको अभियोगमा छिट्टै नै गिरफ्तार गरिने भएको छ। पूर्वराजा ज्ञानेन्द्रको फागुन १० मा हुने भारत भ्रमण नेपालको राजनीतिक अवस्थामा मात्र केन्द्रित नभइ राजसंस्था पुर्नस्थापना राष्ट्रिय सुरक्षा, नेपाल९भारत्९चीन बीच को कुट्नीतिक सम्बन्ध र हिन्दू राष्ट्र पुनस्स्थापनामा केन्द्रित रहने छ। नेपालमा राजसंस्था ज्येष्ठ को दोस्रो साता भित्रमा पुनस्स्थापित गरी सक्ने लक्ष भारत र चीन सरकारको रहेको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले दुई वर्ष राज्य सत्ता स१चालन गरी नाती हृदयन्द्र र बुहारी हिमानीलाई राजकाजको जिम्मेवारी दिनु हुने छ। र राजा ज्ञानेन्द्रले भने अभिभावकको भूमिका मात्रा निर्वाह गर्नु हुने छ।
भुटानि मोडालिटीको राजसंस्थालाई पुरै अस्वीकार गरेका पूर्व राजा ज्ञानेन्द्रले यस पटक भने फलदायी र निर्णायक वार्ता भारतसँग गरेका छन्। आगामी फागुन १० पछी नेपालको राजनीतीले नयाँ मोड लिने निस्चित छ। एक महिना लामो थाइल्यान्ड बसाइ र त्यस पछी को स्वदेश भ्रमण क्रममा राजाबाट नेपालका बिभिन्न राजनीतिक दलहरुसँग वार्तलाव गर्ने र देश भ्रमण गर्ने कार्यक्रम रहेको छ।

भारत सरकारबाट नेपालका प्रधान मन्त्री केपी ओली एमाओबादी नेता पुष्प कमल दाहाल (प्रचण्ड ) र नेपाली कांग्रेसका नेता शेर बहादुर देउबा , सुशिल कोइरालालाई स्पष्ट रूपमा नेपालमा राजसंस्था पुर्नस्थापना र हिन्दू राष्ट्र को बिकल्प नरहेको जानकारी भारतीय परराष्ट्र मन्त्री सुष्मा स्वराजले गराइ सक्नु भएको छ। अब नेपालमा राजसंस्था र हिन्दू राष्ट्रको पुनस्स्थापना ज्येष्ठको दोस्रो साता भित्रमा गराइ सक्ने लक्ष चीन र भारतको रहेको छ। यदी तोकेको उपयुक्त समय भित्रमा हिन्दू राष्ट्र र संबैधानिक राजसंस्था पुर्नस्थापना नभए मधेसमा बिखन्डनकारी तत्वले टाउको उठाउने र विद्रोह हुने र त्यसलाई दमन गर्न सेना वाध्यकारी रूपमा परिचालित हुनु पर्ने अवस्था आउने छ भनी राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीले सेनालाई र सरकारलाई गोप्य रिपोर्ट बुझाई सकेको छ। प्रम केपी शर्मा ओलीले र नेपाली कांग्रेसका नेता शेर बहादुर देउबाले नेपालमा संबैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्र, हिन्दू राष्ट्र हुन्छ भने आफूलाई त्यसमा कुनै आपत्ति नरहेको कुरा भारतीय परराष्ट्र मन्त्री सुष्मा स्वराज र भारतीय प्रधान मन्त्री नरेन्द्रको विशेश दूतहरुलाई गोप्य भेट वार्ताको क्रममा बताएका छन्। भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले नेपालका राजनीतिक दलहरुलाई राजालाई स्पेस दिन र हिन्दू राष्ट्र कायम गर्न बारम्बार कुट्नैतीक अनुरोध गर्दा पनि अटेर गरेको प्रमाण णाम नेपालले ५ महिना लामो अघोषत भारतीय नाका बन्दी सहनु परेको थियो। अब फागुन १० पछाडि नेपालको राज्नीतीको नयाँ कोर्स प्रारम्भ हुने र वर्तमान संबिधान र संसद नै बिघठन हुने राजनीतिक विश्लेशकहरुको भनाइ छ।