शुक्रबार, बैशाख ७, २०८१

नुवाकोटमा गाडी दुर्घटना ,९ को मृत्यु

काठमाडौं माघ २३,  तालिम सकेर फर्किँदै गरेका नेपाली सेनाका जवानहरु चढेको माइक्रोबस नुवाकोटमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । दुर्घटनामा परी अरु १४ जना घाइते भएका छन् । काठमाडौंबाट त्रिशुलीका लागि छुटेको बा १ ज ७५ ८३ नम्बरको माइक्रोबस नुवाकोटको मदानपुर गाविसमा आज अपरान्ह दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ८ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
ज्यान गुमाउनेमध्ये माइक्रो बसका चालक नुवाकोटको बेल्कोट गाविस–३ का दामोदर कँडेल, मैथली ब्यारेकमा तालिमरत् सैन्य लक्ष्मी श्रेष्ठ, त्रिशूली सैन्य तालिम केन्द्रमा तालिम लिइरहेका सैनिक रिक्रुट सन्तोष बोगटी, ईश्वर कार्की, यशोदा कार्की र पदम राईको मात्र सनाखत भएको छ । घाईते सबैको काठमाडौंमा उपचार भैरहेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031