मङ्लबार, बैशाख १८, २०८१

प्रहरी महानिरीक्षकको नियुक्ति कानुनसम्मत भएको भन्दै सर्वोच्चद्वारा डिआइजी सिलवालको रिट खारेज

डीआइजी नवराज सिलवालले पदबाट राजीनामा

काठमाडौं भाद्र २७ , लामो वहस पैरवी पछि डिआइजी नवराज सिलवालले प्रहरी नायब महानिरीक्षकमा बढुवा गर्दा आफूलाई अन्याय भएको भन्दै दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

suprim_cote-1सर्वोच्चको आजको आदेशमा सरकारले चार वर्षका लागि प्रहरी महानिरीक्षकमा नियुक्त प्रकाश अर्यालको नियुक्ति कानुनसम्मत देखिएकाले सिलवालको रिट अगाडि बढाउन आवश्यक नभएको समेत सर्वोच्चले ठहर गर्दै प्रधानन्यायाधीश गोपाल पराजुली सहित प्रधानन्यायाधीश पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह रावत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले डिआइजी सिलवालको रिट आज खारेज गरेको हो ।
स्मरण रहोस डिआइजी सिलवालले कार्यसम्पादन मूल्यांकनमा आफू पहिलो स्थानमा हुुँदाहुँदै पहिला जयबहादुर चन्द र पछि प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेर आफूमाथि अन्याय भएको जनाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो  ।

सैवीच डीआइजी नवराज सिलवालले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले मंगलबार आफ्नो रिट निवेदन खारेज गरेलगत्तै डीआइजी सिलवाले प्रेस विज्ञप्ति जारी गर्दै पदत्यागको घोषणा गरेका हुन् । त्यस्तै जारी विज्ञप्तिमा सिलवालले अन्यायमा पर्दा कस्तो पीडा हुँदो रहेछ भन्ने अनुभूति आफूले गरेको भन्दै अन्यायमा परेकाहरुको सशक्त आवाज बन्ने उल्लेख गरेका छन् ।