शनिबार, बैशाख ८, २०८१

संविधान दिवस तीन दिनसम्म विविध कार्यक्रम गरि मनाइने

काठमाडौ भाद्र २७, आगामी आश्विन ३ संविधान दिवस तीन दिन सम्म विविध कार्यक्रमका साथ मनाउन प्र्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमवार nepal-government-logoबसेको बैठकले प्रधानमन्त्री देउवाको संयोजकत्वमा संविधान दिवस मूल समारोह समिति गठन गरेको छ ।

त्यस्तै बैठकले असोज ३ गते सैनिक मञ्चमा राष्ट्रपतिको प्रमुख आतिथ्यतामा आयोजना हुँने विशेष कार्यक्रमका लागी मूल समारोह समितिअन्तर्गत सञ्चारमन्त्री संयोजक रहेको प्रचार–प्रसार, कामपा प्रमुख संयोजक रहेको मञ्च सजावट तथा मञ्च व्यवस्था र काठमाडौँका प्रजिअ संयोजक रहेको ग्राउण्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन समन्वय उपसमिति समेत गठन गरेको छ ।

तीन दिने कार्यक्रमअन्तर्गत असोज २ गते काठमाडौँ उपत्यकाभित्रका कामपा, उपमहानगरपालिका र नगरपालिकाले आआफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झण्डा एवम् ब्यानर सजाई नगरको शृङ्गार र सरसफाइ गर्ने त्यस्तै ३ गते राष्ट्रपतिको प्रमुख आतिथ्यतामा आयोजना हुँने विशेष कार्यक्रम सहित राष्ट्रियस्तरका छापामाध्यममा संविधान विशेषांक÷स्मारिकाका रुपमा प्रकाशन गर्ने, विद्युतीय सञ्चारमाध्यममा संविधानको महत्वबारेमा परिसंवाद र साँझ दीपावली गरिने भएको छ ।