भक्तपुर भाद्र १७, काभ्रेपलाञ्चोकको पनौतीबाट काठमाडौतर्फ जाँदै गरेको बा२ख ९५८० नंको बस बस सूर्यविनायक नगरपालिका जोरपाटीमा आज बिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार यात्रुवहाक वस तिव्र गतिमा रहेका कारण अनियन्त्रित भइ जोरपाटीमा सडकबाट खेतमा खसेर दुर्घटनामा भएको बताइको छ ।
दुर्घटनाग्रीतवसमा सवार यात्रुहरुको प्रहरी स्थानीयवासीले उद्धार गर्दै उपचारका लागि मध्यपुर अस्पताल पठाएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।