मङ्लबार, बैशाख १८, २०८१

शर्माको सुनुवाइ फेरि हेर्दाहेर्दैमा , मंगलबार सुनवाइ हुँने

काठमाडौ श्रावण १६,  आन्तरिक राजश्व विभागका महानिर्देशक   एवम  कर फछ्र्याेट आयोगका सदस्यसचिवसमेत रहनुभएका चुडामणि शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर वन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको आइतवार अन्तिम सुनुवाइ हुने भनिएपनि हेर्दाहेर्दैको अवस्थामा मंगलबारका लागि सुhigh Court_नवाइ हुने भएको छ ।

आइतवार न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहँुदै नभ्याएपछि मंगलबारका लागि राखिएको सर्वोच्च अदालतले जनाएको छ । त्यस्तै आइतवारको बहसमा  शर्माका तर्फबाट आज वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र अधिवक्ता ललितबहादुर बस्नेतले बहस गर्नुभएको थियो ।  शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप रहेको छ ।