बुधबार, बैशाख १२, २०८१

सर्वोच्चद्दारा आयोगको निर्णय सदर गर्दै भरतपुर–१९ मा पुनः मतदान गराउँन आदेश

  • सर्वोच्चको आदेश राजनीतिको अपराधिकरण तथा अपराधको राजनीतिकरणलाई प्रशय :  नेता भटटराइ

काठमाडौं श्रावण १५ , सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ को मतगणना प्रकरणको विवादमा एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा दायर गर्नु भएको रिट निवेदनको अन्तिम सुनवाइ गर्दै आज पुनः मतदान गर्न आदेश दिएको छ ।  न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम high Court_भण्डारीको संयुक्त इजलासले मतपत्र च्यातिएको वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने गरी आज भरतपुर–१९ मा पुनः मतदान गर्ने आदेश दिएको हो ।

स्���रण रहोस भरतपुर वडा नम्बर १९ को मतगणना भइरहेको बेला गत ज्येष्ठ १५ गते मध्यराति मतपत्र च्यातेपछि गणना रोकिएको थियो । मेयरमा एमालेको तर्फबाट देबि ज्ञवाली र माओवादी काँग्रेस गठबन्धनबाट रेणु दाहाल उम्मेदवार रहेको  भरतपुरमा ९१ वटा मतपत्र च्यातिएको थियो ।

यसैवीच     भरतपुर–१९  प्रकरणको  सवालमा   आएको  सर्बोच्चको फैसलाप्रतिको  आफ्नो फेसवुक  मार्फत  टिप्पणी  गर्दै  एमाले  नेता  योगेस  भटटराइले   नेकपा एमाले स्वतन्त्र न्यायलयप्रति सम्मान ब्यक्त गर्दछ । न्यायलयको गरिमालाई उच्चो राख्न सदैब कृयाशिल रहनेछ । तर आजको फैसला दुर्भाग्यपूर्ण  रहेको  जनाउ  सहित  प्रस्तुत   फैसलाले  राजनीतिको अपराधिकरण तथा अपराधको राजनीतिकरणलाई प्रशय   दिएको बताउँनु भएको छ ।   साथै उहाँले  नागरिकको सर्बोच्चता तथा जनमतलाई अपमानित गरेको छ । तथापि भरतपुरका जनताले पुन आफ्नो जनमत मार्फत नागरिकको सर्बोच्चतालाई स्थापित गर्नेछन । हामीलाई भरतपुरका जनताप्रति पुरा भरोसा रहेको  उल्लेख गर्नु भएको  छ ।