बिहिबार, चैत्र १५, २०८०

समाचारप्रति आयोगको ध्यानाकर्षण

काठमाडौ श्रावण १६ , निर्वाचन आयोगले केही सञ्चार माध्यमबाट आयोगका प्रमुख आयुक्त र आयुक्तलाई लक्षित गरी तथ्यहीन र भ्रामक समाचार प्रकाशन pressbigyapti415भएकाप्रति गम्भीर भएको जनाएको छ ।  केही सञ्चार माध्यमले तथ्यहीन, कपोलकल्पित र दूराशययुक्त समाचार सम्प्रेषण गरी आयोगप्रति आमजनतामा भ्रम सिर्जना गरी आयोगको गरिमालाई होच्याउने र आयोगले सम्पादन गरिरहेको कार्यमा बाधा अवरोध पुग्ने कार्य गरेको पाइएको भन्दै सम्प्रेषित समाचारप्रति आयोगले खेद प्रकट गरेको छ ।

नेपालको संविधानले निर्दिष्ट गरेअनुसार आयोगले निर्वाध रूपमा आफ्नो संवैधानिक दायित्व पूरा गर्न अहोरात्र खटिरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आएतवार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । आयोगले तथ्यमा आधारित भएर मात्र समाचार सम्प्रेषण गर्न सम्पूर्ण सञ्चार माध्यमलाई आग्रह पनि गरेको छ ।