काठमाडौं श्रावण ५, मन्त्रीपरिषदको आज बसेको बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमलनारायण दासको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । गठित आयोगको सदस्यहरुमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की र योगेन्द्र शर्मा पौडेल रहेको जानकारी बैठक पछि सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भएको छ ।
अर्थमन्त्री कार्कीले अनुसार आयोगलाई २१ दिनको कार्यादेश दिईएको र आजको बैठकले तत्कालीन मुख्य सचिव डा सोमलाल सुवेदीको राजिनामा पनि स्विकृत गरेको बताउँनु भएको छ ।