बुधबार, बैशाख १२, २०८१

संसदको बैठक आज पनि बस्दै

काठमाडौं आषाढ २६, सरकारले पेश गरेको बजेट र विभिन्न विधेयकमाथि छलफलका लागि ब्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । आज ११ बाट सुरु Captureहुने बैठकमा मन्त्रीहरुले मन्त्रालगत एजेण्डामा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।

त्यस्तै संघीय संरचनाअनुसार तीन तहमा कर्मचारी समायोजनका लागि आइतवार व्यवस्थापिका संसदमा प्रस्तुत विधेयक उपर पनि छलफल हुँने बताईएको छ । प्रस्तुत विधेयक अनुरुप कर्मचारी समायोजनका लागि एक वर्षसम्म सरकारी कर्मचारी पदपूर्तिमा रोक लगाउने प्रस्ताव सरकारले गरेको छ ।
संसदमा पेस भएको विधेयक सैद्धान्तिक छलफलपछि संशोधन दर्ताका लागि अनुमोदन हुनेछ । संशोधन प्रस्ताव दर्तापछि विधेयक पुनः संसद्को पूर्ण बैठकमा पेस हुने संसदीय अभ्यास रहिआएको छ।