बिहिबार, चैत्र १५, २०८०

प्रम देउवाद्दारा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त म.प सदस्यहरुद्दारा शपथ

काठमाडौ श्रावण ११ , प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक आफु नेतृत्वको मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । विस्तारित मन्त्रिपरिषद्का सदस्यमा नेपाली 2IMG_1544काँग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, नेपाल लोकतान्त्रिक फोरम बाट २ र नेकपा संयुक्तबाट १ जना मन्त्री रहनु भएको छ ।  आज विस्तारित मन्त्रिपरिषदमा नेपाली काँग्रेसबाट यज्ञबहादुर थापा कानुन, न्याय तथा संसदीय मामिला , सञ्जय गौतम सिँचाइ , रामकृष्ण यादव कृषि , राजेन्द्रकुमार केसी युवा तथा खेलकुद भीमसेनदास प्रधान रक्षा , अम्बिका बस्नेत सहकारी तथा गरिबी , मोहनबहादुर बस्नेत सूचना तथा सञ्चार , वीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात , मीनबहादुर विश्वकर्मा वाणिज्य र महेन्द्र यादव खानेपानी तथा सरसफाइ मन्त्रालयको  जिम्मेवारी  दिईएको छ ।

त्यस्तैगरी नेकपा माओवादी केन्द्रको तर्फबा सरकारमा सहभागी गिरिराजमणि पोखरेललाइ स्वास्थ्य , टेकबहादुर बस्नेत सामान्य , शिवकुमार मण्डल आपूर्ति , महेन्द्रबहादुर शाही ऊर्जा र आशा कोइराला महिला, बालबालिका तथा समाज कल्याण , सन्तकुमार थारु पशुपक्षी विकास मन्त्रालयको जिमममेवारी दिईएको छ भने नेपाल लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव संस्कृति पर्यटन तथा नागरिक उडड्यन , गोपाल दहित भूमि सुधार तथा व्यवस्था र नेकपा सयुक्तबाट मिथिला चौधरी जनसंख्या तथा वातावरणको जिम्मेवारी दिईएको छ । साथै उद्योग, वन, विज्ञान र शान्ति तथा पुनःनिर्माण मन्त्रालय प्रधानमन्त्री स्वयंले राख्नुभएको छ ।

यसअघि लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महरा उपप्रधान र परराष्ट्र, काँग्रेसका गोपालमान श्रेष्ठ उपप्रधान र शिक्षा मन्त्रालयको जिम्मेवारीमा र काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ र फर्मुल्लाह मन्सुरले श्रम तथा रोजगार तथा माओवादी केन्द्रका जनार्दन शर्माले गृह र प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हारल्दै आउँनु भएको छ ।  यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको उपस्थितिमा आजै राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभएको छ । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, सांसद, उच्च सरकारी अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । फोटो : राष्ट्रपति कार्यालय