मङ्लबार, बैशाख १८, २०८१

सर्वोच्चको प्रन्यामा पराजुलीको नाम अनुमोदित

 मुस्कानसहितको सेवा र  मुद्दा ढिलो छिनाफानो गर्ने प्रवृत्ति अन्त्य गर्ने प्रतिवद्धता

काठमाडौ श्रावण १,  संसदको संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा न्यायाधीश गोपालप्रसाद पराजुलीको नाम अनुमोदन 20067694_10207154435457941_419529274_nगरेको छ । समितिको आज बिहान बसेको बैठकले सुनुवाइपछि पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । यसअघि उहाँले कामु प्रन्याको जिम्मेवारी वहन गर्दै आउँनु भएको थियो ।

आफ्नो नाम अनुमोदन भएपछि प्रन्या पराजुलीले अदालतमा मुस्कानसहितको सेवा र  मुद्दा ढिलो छिनाफानो गर्ने प्रवृत्ति अन्त्य सहित आफ्नो कार्यकालमा न्यायालयप्रति कुनै गुनासो आउन नदिने प्रतिबद्धता गरिने प्रतिबद्धता गर्नु भएको थियो ।